Main News

गृहमन्त्रीसँग सत्ता गठबन्धनको मुख्य दल कांग्रेस असन्तुष्ट

हिमालय टिभी
२०८० साउन २८ गते १६:१३
गृहमन्त्रीसँग सत्ता गठबन्धनको मुख्य दल कांग्रेस असन्तुष्ट

्२८ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री नारायणकाजीप्रति प्रश्न उठाएका छन् ।

पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले गृहमन्त्रीबाट गठबन्धन दलसँगै प्रतिशोध साँध्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा सांसद सुनील शर्मालाई पक्राउ गरेर गहृमन्त्रीले छोरी कुटेर बुहारी तर्साउन खोजेको आरोप लगाए । सुन प्रकरणमा माओवादी नेतातिर प्रश्न तेर्सिएपछि आवाज रोक्नका लागि सांसदलाई पक्राउ गरेको दावी समेत गरे ।

बैठकमा सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष ल्हारक्याल लामा नियुक्ति गरेर सुशासनको खिल्ली उडाएको समेत कांग्रेस सांसदले टिप्पणी गरे ।

यस्तै, मायादेवी मन्दिर पुनः निर्माणका लागि ७ करोड दान दिने भनिएको पैसा कहाँबाट आयो भन्दै छानबिन गर्नुपर्ने सांसको माग छ । सांसदले हङकङबाट क्विन्टल सुन आइरहेको अवस्थामा गृहमन्त्रीले त्यहाँको अवस्थाबारे जानकारी लिन पत्र पठाएको या नपठाएको स्पष्ट पार्न माग समेत गरे ।

सरकारले छानविन गर्न नसक्दा मुलुक सुन तस्करको अखडा बन्न पुगेको समेत कांग्रेस सांसदको आरोप छ । कांग्रेस संसदी दलका नेता शेरबहादुर देउवाले उठेका प्रश्नको जवाफ दिनुहुनेछ । यसअघि शुक्रबार बसेको बैठकमा समेत सांसदहरुले सरकार र गृहमन्त्रीको आलोचना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *