Main News

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो, वृद्धभत्ता चार हजार पुग्यो

हिमालय टिभी
२०७८ जेठ १५ गते १९:१३
सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो, वृद्धभत्ता चार हजार पुग्यो

१५ जेठ २०७८ काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएको छ । ज्येष्ठ नागरिकको भत्ता अब मासिक ४ हजार रुपैयाँ पुगेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ३३ प्रतिशत बढाएर प्रति महिना ४ हजार पुर्‍याएको बताउनुभयो ।

त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था पनि मिलाइने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तका लागि आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।

१० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन् । जेष्ठ नागरिक, दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग, लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ।

हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ। सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा फराकिलो बनाई असंगठीत क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सहभागी गराईने भएको छ ।

समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ । त्यसैगरी ज्येष्ठ नागरिकका लागि अस्पतालमा अलग्गै वेडको व्यवस्था गर्ने लगायत कार्यक्रम पनि सरकारले अघि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *