Main News

उपत्यकामा ११७७ सहित २१२० कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु, २०४४ कोरोना संक्रमणमुक्त

हिमालय टिभी
२०७७ असोज १७ गते १६:३३
उपत्यकामा ११७७ सहित २१२० कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु, २०४४ कोरोना संक्रमणमुक्त

१७ असोज, २०७७, काठमाडौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै ललितपुरमा ६७, दोलखामा ६५, सिन्धुपाल्चोकमा ४१ र कैलालीमा ७९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा २८ र चितवनमा ७६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

आज २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन । १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा आज ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जना गरी काठमाडौं उपत्यकामा ११ सय ७७ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ४०, प्रदेश नम्बर २ मा ६ सय ११, बागमती प्रदेशमा ६ हजार ८ सय ९३ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ९ सय ५१, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ९ हजार ७ सय ७७ जना रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५, प्रदेश नम्बर २ मा ५ सय १८, बागमती प्रदेशमा ७ हजार ३७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ५, कर्णाली प्रदेशमा २ सय ३० र सुदूरपश्चिम प्रदेशमा ३ सय २ गरी देशभरी ११ हजार ५ सय २९ जना रहेका छन् ।

आज २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ६ सय ५५ प्रदेश नम्बर २ मा १४ हजार २ सय १५, बागमती प्रदेशमा १९ हजार ६ सय ५६ र गण्डकी प्रदेशमा ३ हजार ५ सय ९९ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ४६, कर्णाली प्रदेशमा ३ हजार १ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय १४ गरी आजसम्म ६२ हजार ७ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन । आज आइसियुमा २ सय १४ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *