Main News

प्रदेश १ मा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज ५ गते १५:३७
प्रदेश १ मा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु

५ असोज, २०७७, विराटनगर । प्रदेश एकमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरमा एक महिला र धरानमा दुई महिला गरी तीन जना महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजमा ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

ताप्लेजुङ स्थायी ठेगाना भएकी ३७ वर्षीय महिलाको सोमबार बिहान १०ः४५ मा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी सोमबार कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई महिला जनाको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका– ८ की ७२ वर्षीय वृद्धा र सुनसरीको इनरुवा नगरपालिका– ४ की ४९ वर्षीय महिलाको मृत्यु भएको हो ।

झापाकी वृद्धालाई कनकाई अस्पतालले आइतबार प्रतिष्ठानमा रिफर गरेको थियो । इनरुवाकी महिला ३० भदौदेखि प्रतिष्ठानमा उपचाररत थिइन् । झापाकी वृद्धाको उपचारका क्रममा आइतबार राति करिब साढे ९ बजे मृत्यु भएको हो ।

सुनसरीकी महिलाको सोमबार बिहान करिब २ बजे मृत्यु भएको हो।झापाकी वृद्धामा छाती दुख्ने, श्वासप्रश्वासमा समस्या तथा निमोनियाको लक्षण देखिए पनि अन्य रोग नदेखिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका कारण मृत्यु भएकी इनरुवाकी महिलामा भने मृगौला, मधुमेह र उच्चरक्तचापको समस्या रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

सुनसरीकी महिलामा असोज १ गते कोरोना पोजेटिभ देखिएपछि थियो । उच्चरक्तचाप, मधुमेह तथा मृगौलाको समस्या भएकी महिला ३० भदौमा प्रतिष्ठानको मेडिसिटी वार्डमा भर्ना भएकी थिइन् । उनको सोमबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

एकै दिन तीन महिलाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *