Main News

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

हिमालय टिभी
२०७७ भदौ २३ गते २०:४५
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

२३ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप नौ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा काठमाडौं र पर्साका दुईदुई जना, सुनसरी, अर्घाखाँची, कपिलवस्तु र कास्की र नवलपरासीका एकएक जना रहेका छन् ।

स्वास्थ्य मन्त्रलायका अनुसार काठमाडौंका ८० वर्षीय महिला र ८५ वर्षीय पुरुषको कोरोनाकै कारण ज्यान गएको छ ।

यस्तै पर्साका ६० र ५४ वर्षीय दुई पुरुषको, सुनसरीका ७० वर्षीय पुरुष र कपिलवस्तुका ६२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको बाहेक नेपालगञ्ज र कास्कीमा २ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा अर्घाखाँचीका एक जना टिपर चालक पुरुषको पनि मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका–१० की ७३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसियुमा मृत्यु भएको छ ।

यसैगरी नवलपसारी पूर्वका ६४ वर्षीय पुरुष भरतपुर अस्पतालमा निधन भएको छ । उनी मृगौलाका बिरामी भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *