समाज
ललितपुर महानगरपालिका र चीनको सिन्हृवा महानगरबीच भगिनी सम्बन्ध विस्तार
२०७६ साउन १८ गते ८:३६

काठमाडौं । ललितपुर महानगरपालिका र चीनको सिन्हृवा महानगरबीच भगिनी सम्बन्ध विस्तार गर्ने विषयमा सहमति भएको छ ।
दुई देशका महानगरबीच शैक्षिक, आर्थिक र सांस्कृतिक, व्यापारिक तथा प्राविधिक क्षेत्रमा सहकार्य गर्ने विषयमा सहमति भएको हो ।
सहमति पत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र चीनको सिन्हृवा महानगरका स्थायी समिति अध्यक्ष हुआंग जी सिहृाओले हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षर कार्यक्रममा उपस्थिति विदेशी पाहुनालाई नगरप्रमुख महर्जन र उपप्रमुख गीता सत्यालले खादा र टोपी लगाएर स्वागत गर्नुभयो ।
प्रतिक्रिया