समाज

बागलुङ कारागारमा पुस्तकालय, कैदीबन्दी दङ्ग (भिडियो रिपोर्टसहित)

२०७९ साउन १६ गते १४:१८
बागलुङ कारागारमा पुस्तकालय, कैदीबन्दी दङ्ग (भिडियो रिपोर्टसहित)

१६ साउन २०७९ बागलुङ। कारागारलाई सजाय कटाउने स्थान मात्र नभएर सुधारगृह पनि भनिन्छ । बागलुङ कारागारमा पुस्तकालय स्थापना भएपछि क्यारम बोर्ड र बुद्धिचाल खेल्ने, मुढा बुन्ने र टिभि हेरेर समय बिताउँदै आएका कैदीबन्दीले अब पढ्न पनि पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइबेरी फाउन्डेसनको सहयोगमा कारागारभित्रै पुस्तकालय स्थापना भएपछि कैदीबन्दीले पढ्न पाउने भएका छन् । कारागार सजाय पाउने स्थान मात्र नभई सुधारगृह पनि होस भन्ने उद्देश्यले पुस्तकालय स्थापना भएको हो ।

अहिले पुस्तकालयमा विभिन्न विधाका सात सयभन्दा बढी पुस्तक छन् । यसलाई बढाउने योजना बनाइएको छ ।

अहिले कारागारमा पुरुषतर्फ ५० जनाको क्षमता भए पनि एक सय ६२ र महिलातर्फ २० जनाको क्षमतामा नौ जना कैदीबन्दी छन् । कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दीले ज्ञानगुनका कुरासँगै सीपसमेत सिक्ने अपेक्षा गरिएको छ ।

कारागारमा पुस्तकालय कार्यक्रम प्रभावकारी भएमा कारागारमा सजाय भुक्तान गरेपश्चात आमनागरिक जसरी समाजमा पुनर्स्थापन हुनका साथै ज्ञान र सीप दुबै बढ्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *