समाज

पाल्पाका महिला यसरी सीप सिक्दै, आत्मनिर्भर बन्दै (भिडियो रिपोर्टसहित)

२०७९ साउन १६ गते २०:४४
पाल्पाका महिला यसरी सीप सिक्दै, आत्मनिर्भर बन्दै (भिडियो रिपोर्टसहित)

१६ साउन २०७९ पाल्पा । पाल्पाका महिला उद्यमशील बन्दै गएका छन् । सिपमूलक तालिम लिएर महिलाहरुले सामूहिक तथा व्यक्तिगत रुपमा उद्योग सञ्चालन गर्न थालेका छन् । जसका कारण उनीहरु आत्मनिर्भरसमेत बनिरहेका छन् ।

पाल्पाको तानसेन–२ मेहल्धाराकी मोती थापा यसअघि घरायसी काममै सीमित हुनुहुन्थो । सामान्य खर्चका लागि समेत परिवारका अरु सदस्यको भर पर्नुपर्ने बाध्यता थियो। सिलाई–बुनाई सीप सिकेपछि अहिले मोतीको आम्दानीको बाटो खुलेको छ । घरखर्च र छोराछोरीको शिक्षा दीक्षाका लागि समेत सहज भएको छ ।

मोतीले मात्रै होइन, तानसेनका अधिकांश महिला सीप सिकेर आत्मनिर्भर बनिरहेका छन् । सामूहिक रुपमा पाल्पाली ढाका व्यवसाय, सिलाई कटाई, धागोको सुइटर, टोपी, गलबन्दी, मोजाजस्ता हस्तकलाका सामग्री उत्पादन यहाँका महिलाको व्यवसाय बनेको छ ।

निरक्षर भए पनि सिपमूलक तालिम लिन सकिने भएकाले उद्यमप्रति महिलाहरूको आकर्षण बढ्दो छ । यहाँका महिलाहरु पाल्पाली होजियारी समूहमा आवद्ध भई विभिन्न उद्यममा लागेका छन् ।

नगरपालिका र वडा कार्यालयले पनि महिलाहरुलाई अत्मनिर्भर बनाउन बेलाबेलामा सिपमूलक तालिम र प्राविधिक सहयोग गर्दै आएको छ । सिप सिकेसँगै आम्दानी मात्रै बढेको छैन, यहाँका महिलाको आत्मविश्वाससमेत बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *