समाज

कर्णलाी सरकारको करामत, नाग पञ्चमीमा सार्वजनिक बिदा (भिडियो रिपोर्टसहित)

२०७९ साउन १६ गते २१:०४
कर्णलाी सरकारको करामत, नाग पञ्चमीमा सार्वजनिक बिदा (भिडियो रिपोर्टसहित)

१६ साउन २०७९ सुर्खेत । कर्णाली प्रदेश सरकारले नागपञ्चमीमा समेत सार्वजनिक बिदाको घोषणा गरेको छ । बिदा कटौती गरेर जनतालाई थप सेवा–सुविधा दिनुपर्नेमा सरकारले नागरिकको चाहनाविपरीत अनावश्यक बिदा थोपर्दै गएको छ।

२०७८ फागुन २६ गते प्रकाशित नेपाल राजपत्रको भाग ५ मा यस वर्षको सरकारी बिदाबारे उल्लेख गरिएको छ । त्यसको द्रष्टव्यमा प्रदेश सरकारले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति र रितिथितिलाई दृष्टिगत गरी वर्षमा थप ६ दिनसम्मको सार्वजनिक बिदा दिन सकिने उल्लेख छ ।

प्रदेशगत रुपमा मनाइने चाडपर्वका लागि यो बिदा दिन सकिने भनि उल्लेख गरिएको हो । तर कर्णाली प्रदेश सरकारले यो बुँदालाई दुरुपयोग गर्दै नाग पञ्चमीमा समेत बिदा दिने घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारले असार १५ गते धान दिवस, साउन १ गते साउने संक्रान्ति, भाद्र ४ गते प्रदेश स्थापना दिवस, असोज २३ गते कोजाग्रत पूर्णिमा, चैत १६ गते रामनवमीमा पनि बिदा दिने घोषणा गरेको थियो ।

५ वटा बिदा दिएको प्रदेश सरकारले आफ्नो छैटौँ बिदा नाग पञ्चमीमा दिने निर्णय गरेको छ । मुख्य पर्व भएमा बिदा दिने भनिएको कानूनलाई बिदा नै दिनुपर्ने भन्ने उल्लेख भए जसरी नागपञ्चमीमा पनि बिदा घोषणा गरेको सरकार आफ्नो निर्णयको ढाकछोप गर्छ ।

प्रदेशले चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेलामा जुम्ला जिल्लाका लागि छुट्टै बिदा घोषणा गरेको छ । यसरी हेर्दा जुम्ला जिल्लाका लागि प्रदेश सरकारले घोषणा गरेको सातौँ बिदा हुन आउँछ । नागरिकको आस्थाका आधारमा वा प्रादेशिक महत्वको आधारमा बिदा घोषणा गर्ने हो । यसरी अनावश्यक रुपमा सरकारले दिएको बिदा देखेर नागरिक भने वाक्क भएका छन् ।

प्रदेश सरकारले बिदा दिने कुरामा कुनै सार्वजनिक महत्व, आवश्यक्ता वा नागरिकको आस्थाभन्दा पनि आफ्नो मनोमानी गरेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *