विद्यालय

आजदेखि वैशाख ३० गतेसम्म देशभरका विद्यालय बन्द

१६ वैशाख २०७८ काठमाडौं । सरकारले आजदेखि वैशाख मसान्तसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुवैशाख ३० गतेसम्म बन्द...

सरकारी निर्णय अवज्ञा गर्ने ९ वटा निजी विद्यालयको सञ्चालक पक्राउ

१३ वैशाख २०७८ सप्तरी । सरकारी निर्णय अवज्ञा गरी विद्यालय खोल्ने सप्तरीका ९ वटा निजी विद्यालयका ११ जना सञ्चालकलाई प्रहरीले पक्रेको छ । सरकारको निर्देशन उल्लंघन गरी विद्यालय सञ्चालन गरेको पाइएपछि ९ वटा विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको सप्तरीका प्रमुख...

बागलुङको एक विद्यालयमा ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ बागलुङ । बागलुङको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयमा स्वास्थ्य कार्यालयले ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।...

आजबाट बन्द भए देशका विभिन्न २५ सहरका विद्यालय

७ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि आजदेखि देशका विभिन्न२५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २० जिल्लाका २५ सहरमा विद्यालय, कलेजलगायत शिक्षण संस्था वैशाख मसान्तसम्मका लागि बन्द गरिएका हुन्। कोभिड–१९ संकट...

कुनकुन सहरका विद्यालय बन्द हुँदैछन्, अरु कुनकुन क्षेत्र बन्द हुँदैछन् ?

६ वैशाख २०७८ काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनसहित २० जिल्ला कोरोना संक्रमणबाट अति प्रभावित भन्दै ती जिल्लाका सहरी क्षेत्रका विद्यालय बन्द गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, रुपन्देही, बाँके, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बारा, पर्सा, सप्तरी,...

२५ वर्षमुनिको उमेर समूहमा कोरोना संक्रमणको प्रभाव बढी देखिएकाले विद्यालय बन्दः मन्त्री श्रेष्ठ

६ वैशाख २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएका कारण विद्यालय बन्द गर्नुपरेको बताउनुएको छ । आज ललितपुरमा भएको एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले...

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, भर्चुअल पढाइ हुने

६ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै संक्रमणबाट अति प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले महामारीबाट बढी प्रभावित काठमाडौं उपत्यकासहित १३ जिल्लाका मुख्य सहरमा विद्यालय बन्द गर्ने...

बालबालिकालाई विद्यालय नपठाउन अभिभावकसँग पेडियाट्रिक सोसाइटीको आग्रह

५ वैशाख २०७८ काठमाडौं । बाल चिकित्सकहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले स्वास्थ्यका मापदण्ड पूरा भएको अवस्थामा मात्रै बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई अनुरोध गरेको छ । सोसाइटीले कोभिड–नाइन्टिनको संक्रमणबाट बालबालिकालाई बचाउन पाँचबुँदे अपिल जारी गर्दै यस्तो अपिल गरेको हो ।...

शहरी क्षेत्रको विद्यालय आगामी वैशाखा मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७८ काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना प्रभावित शहरी क्षेत्रमा यो महिनाभर विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले कोरोनाको नयाँ भेरियन्ट फैलिएको ठहर गर्दै जोखिम कम गर्न वैसाख...

विद्यालय दुई सत्रमा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७७ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुई सत्रमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । आज विज्ञप्ति निकालेर शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई शत्रमा विद्यालय चलाउन...