Main News

विद्यालय शिक्षा विधेयक संसदमा पेश

हिमालय टिभी
२०८० असोज १९ गते १३:४३
विद्यालय शिक्षा विधेयक संसदमा पेश

१९ असोज २०८० काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० पेश भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको हो । योसँगै विधेयकमाथिको सैद्धान्तिक छलफल शुरु भएको छ ।

लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० गत साउन १६ गते मन्त्रिपरिषद् बैठकले संसदमा पेश गर्न स्वीकृत गरेको थियो। तर सदनमा नपुग्दै विधेयकमा समेटिएका विभिन्न प्रावधान बाहिरिएपछि विधेयकको विरोध मात्र भएन विभिन्न आन्दोलन नै शुरू भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *