Main News

निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

हिमालय टिभी
२०८० साउन २६ गते १६:४१
निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

२६ साउन २०८० काठमाडौं । निजी विद्यालयहरुले प्रस्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

आज सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् ।

मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक–२०८० बिरुद्ध विद्यालय बन्द सम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरुले माग सम्बोधन गर्ने प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताउनु भयो ।

उहाँले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रश्तावित शिक्षा ऐन अघि बढाउने प्रतिवद्धता जनाएको बताउनु भयो । उहाँले सरकारको आश्वासनअनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको बताउनु भयो ।

हाल कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *