पीडित

सर्वसाधारण पीडितको माग सुन्न दुई हप्ता भोकै बस्नुपर्ने बाध्यता (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७८ काठमाडौं । आन्दोलन र धर्नाविना पीडितको आवाज नसुन्ने हरेक सरकारको रोग हो । प्रजातन्त्रका नाममा रेलिङ भाँच्ने र राजनीतिक दल तथा तिनका भातृ संगठनका माग सहज सुन्ने सरकारले सर्वसाधारण पीडितको माग सुन्न दुई हप्ता भोकै बस्नुपर्ने...

पहिरो पीडित यसरी डुबे ऋणमा

२ कात्तिक २०७८ म्याग्दी । सरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान बितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन् । स्थानीय तह र जिल्ला प्रशासन कार्यालय प्रशासनले घर बनाइसकेका...

माइतीघरमा हिंसा पीडितको चित्कार, नजिकैको सिंहदरबारले किन सुनेन ? (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । देश दशैंले खुसी बाँड्दै गर्दा राजधानीको माइतीघरमा अनसन बसेकाको दशा भने अर्कै छ । न्यायका लागि बसेकाले नै अन्याय गरेपछि बाँकेबाट २० दिन हिँडेरै राजधानी काठमाडौं आएकाहरुको आवाज नजिकैको सिंहदरबारले सुनेको छैन। बरु उनीहरुलाई...

गिट्टी विक्री नभएपछि सुर्खेतका बाढीपहिरो पीडितको दशैँ खल्लो (भिडियो रिपोर्टसहित)

२३ असोज २०७८ सुर्खेत । देशभर दशैंको रौनक शुरु भएका बेला सुर्खेतका बाढी पहिरो विस्थापितलाई भने दशैँ खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । गिट्टी विक्री नभएपछि त्यसकै साहरामा छाक टार्दै आएका विस्थापितलाई दशैँ खल्लो हुने चिन्ता बढेको हो...

जङ्गली हात्ती पीडितका गुनासो, ‘खै कसरी अन्नबाली जोगाउनु अब’

१० असोज २०७८ झापा । मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख हुनुहुन्थ्यो । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किनुभएको उहाँले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गर्नुभयो । उहाँको...

पहिरो पीडितबाट यसरी कुटिए बुटवलका मेयर (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ बुटवल । चुरे क्षेत्रबाट आएको पहिरोले बुटवलको ज्योतिनगरमा दुई दर्जन घरमा क्षति भयो । पहिरोले घर भत्काएपछि स्थानीय बासिन्दाको बिचल्ली छ । त्यै पहिरोले गरेको क्षतिको अवलोकन गर्न पुगेका बुटवलका मेयरमाथि स्थानीय बासिन्दाले हातपात गरे ।...

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ

५ भदौ २०७८ गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा...

जुरे पहिराका पीडितले सात वर्षमा पनि राहत पाएनन्

२४ साउन २०७८ सिन्धुपाल्चोक । हेरकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहे पनि पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । आज भन्दा सात वर्षअघि साउन १७ गते माथिबाट पहाड खस्दा जुरेको सिङ्गोबस्ती पुरियो भने १४५ को ज्यान गयो । सयौँ विस्थापित भए...

बाढी पीडित भन्छन् “बाढीले ढुङ्गा बगाउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन”

१९ साउन २०७८ सिन्धुपाल्चोक । असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ । यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र सयौँ रोपनी...

मेलम्ची बाढी पीडितलाई सुरक्षित बसोबाससहितको राहत दिन निर्देशन

१८ साउन २०७८ काठमाडौं । संसदीय समितिले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीका कारण विस्थापित भएकालाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । विकास तथा प्रविधि समितिको आजको बैठकले बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी...