Main News

काठमाडौंमा बिहानैदेखि मिटरब्याजी पीडितहरुको विरोध प्रदर्शन

हिमालय टिभी
२०७९ चैत १४ गते ९:०२
काठमाडौंमा बिहानैदेखि मिटरब्याजी पीडितहरुको विरोध प्रदर्शन

१४ चैत २०७९ काठमाडौं । मिटरब्याजी पीडितहरुले आज बिहानैबाट विरोध प्रदर्शन शुरु गरेका छन् ।

पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् ।

पीडितहरु खुलामञ्चमा बस्नका लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए ।

पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजीसमेत गरेका थिए । उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गरलगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *