अतिवृष्टिबाट पीडितलाई तत्काल राहतको व्यवस्था गर्न अध्यक्ष ओलीको माग
६ कात्तिक २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
अध्यक्ष ओलीले बेमौसमा आएको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
्
शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उहाँले वर्षातको मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिनु भयो ।
अध्यक्ष ओलीले पार्टी भित्र उन्नतस्तरको एकता रहेको दावी समेत गर्नु भयो । उहाँले उन्नतस्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरु सम्पन्न हुने विश्वाससमेत व्यक्त गर्नु भयो ।
उहाँले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिनु भयो ।
प्रतिक्रिया