Main News

बर्दियाका बाढी पीडित बर्षेनी एउटै पीडामा (भिडियो रिपोर्टसहित)

२०७९ असोज २५ गते १८:२९
बर्दियाका बाढी पीडित  बर्षेनी एउटै पीडामा (भिडियो रिपोर्टसहित)

२५ असोज २०७९ बर्दिया । बाढीले यो पटक पनि बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा वितण्डा मच्चायो । राजापुर र गेरुवावासीको धनमाल र अन्नबालीमा क्षति पुर्‍यायो ।

नदी तटीय क्षेत्रका सयौँ बिघा खेति योग्य जमिनमा लागाईको अन्नबालीमा क्षति पुग्ने गरेको छ । तर, क्षतिपूर्ति पनि नपाउने र दीर्घकालीन समाधान पनि नहुँदा नागरिक असह्य पीडामा छन् ।

गत साताको अविरल वर्षाका कारण कर्णाली नदीमा बाढी आयो । बाढीका कारण राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका १५ सय घुरधुरीमा सामान्य, आंशिक तथा पूर्ण क्षति भयो । वर्षेनि नदीले क्षति पुर्‍याउने गर्दछ । तर, न क्षतिपूर्ति मिल्छ न त समस्याको दीर्घकालीन समाधान नै हुन्छ ।

बर्दियाको पश्चिमी क्षेत्रबाट बग्ने कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले २०७१ सालमा कर्णाली नदी व्यवस्थापन आयोजना मार्फत काम गर्दै आइरहेको छ । ५ वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गर्ने योजना समेत अहिलेसम्म पूरा भएको छैन ।

पञ्च वर्षीय गुरुयोजना अनुसार ११ अर्ब रुपैयाँ लागतमा ४३ किलोमिटर स्थायी तटबन्ध निर्माण गरी वैज्ञानिक ढंगबाट गेरुवा र कर्णाली नदीलाई नियन्त्रण गर्ने लक्ष्य लिइएको थियो । तर, बजेट अभावलाई कारण देखाउँदै गुरुयोजना अनुसार काम हुन सकेन ।

बार्षिक झण्डै साढे ३ अर्ब रुपैया बराबरको धान र डेढ अर्व रुपैयाँ बराबरको गहुँ उत्पादन हुने क्षेत्र हो, राजापुर । तर, वर्षेनि कटान र डुवानबाट जोगाउन नसक्दा कृषि उत्पादनमा राश आउने आकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *