दुर्व्यवहार

नेपाली बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ

१७ चैत २०७७ काठमाडौं । नेपाली बालबालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक अमेरिकी नागरिक पोखराबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले क्यालिफोर्नियाका ६६ वर्षीय माइकेल नर्मन टेलरलाई पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीस्थित विष्णु होमस्टेबाट पक्राउ गरेको...

यौन दुर्व्यवहार आरोपमा चिकित्सक पक्राउ

१४ चैत २०७७ सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला...

यौन दुर्व्यवहार प्रमाणित भएपछि सेनाका जर्नेल र महिला अधिकृतसहित तीन जना बर्खास्त

२८ फागुन २०७७ काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी जर्नेल तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति जर्नेल पंकज कार्कीले संगठनभित्रै महिला...

महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

१९ फागुन २०७७ बागमती । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ । आफूमाथि हातपात र दुर्व्यवहार भएको भन्दै उद्योगमै कार्यरत एक...

लकडाउनका बेला बालबालिकामाथि यस्तो यौन दुर्व्यवहार

१६ फागुन २०७७ काठमाडौं । लकडाउन भएको चैतदेखि असारसम्म नेपाल प्रहरीमा ४८ वटा बाल यौन दुर्व्यवहारका उजुरी दर्ता भएका छन् । त्यसमध्ये साइबर बुलिङ, बाल अश्लीलता, झुटो आइडी, छलकपटसम्बन्धी धेरै छन् । आर्थिक वर्ष ०७६–७७ मा बालबालिकामाथि भएका यस्ता...

नेकपा नेता पाण्डेमाथि ओली समूहको दुर्व्यवहार, नेपाल र खनालले गरे निन्दा (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौं । नेकपाका शीर्ष नेताले स्थानीय कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले गरेको दुर्व्यवहारको निन्दा गरेका छन् । नेकपाका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले छुट्टा छुट्टै विज्ञप्ति निकालेर पाण्डेमाथि भएको दुर्व्यवहारको छानबिन...

घरमै गएर यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

२० असोज, २०७७, ओखलढुंगा । यौन दुर्व्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको उजूरीका आधारमा उहाँलाई प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर...

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्ने सरकारको चेतावनी (भिडियोसहित)

७ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा खटिने तथा कोरोना संक्रमित भएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने भएको छ । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न प्रशासनमा सिफारिस गरेको हो । मन्त्रालयको...

स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहार रोक्न सभापति देउवाको आग्रह

७ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सबैलाई अपील गर्नुभएको छ । प्रेस विज्ञप्ति निकालेर देउवाले स्वास्थ्यकर्मीमाथि भैरहेका दुर्व्यवहारप्रति आपत्ति जनाउनुभएको हो । स्वास्थ्यकर्मीको मनोबल उच्च...

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको निन्दा

७ भदौ, २०७७, काठमाडौं । साझा पार्टीले कोरोना संक्रमण बढ्दै जाँदा चिकित्सक र अरु स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएकोमा कडा आपत्ति जनाएको छ । पार्टीले विज्ञप्ति निकालेर देशभर चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गरेको छ । साझा पार्टीले बिरामीको...