राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने होटल सञ्चालकसहित तीन जना पक्राउ
२३ जेठ २०७८ काठमाडौं । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।
ती युवतीलाइ युवाले मादक पदार्थ सेवन गराई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक विनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ।
भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीय बासिन्दाले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका छन्।
पछिल्लो समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरुमाथि दुर्व्यवहार हुन थालेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया