Main News
यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ राई पक्राउ
२०८० वैशाख २९ गते १४:२७
२९ वैशाख २०८० खोटाङ । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शुभम फाउन्डेसनका संस्थापक मदन राई पक्राउ परेका छन ।
खोटाङ प्रहरीले आज बिहान राईलाई शुभम् फाउन्डेसनबाटै पक्राउ गरेको हो । राईमाथि शुभम फाउन्डेसनले सञ्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
राईलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले गर्दै, सिक्दै कार्यक्रम लागू गरेको छ ।
प्रतिक्रिया