Main News

यौन दुर्व्यवहार प्रमाणित भएपछि सेनाका जर्नेल र महिला अधिकृतसहित तीन जना बर्खास्त

हिमालय टिभी
२०७७ फागुन २८ गते ८:१६
यौन दुर्व्यवहार प्रमाणित भएपछि सेनाका जर्नेल र महिला अधिकृतसहित तीन जना बर्खास्त

२८ फागुन २०७७ काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी जर्नेल तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ ।

सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति जर्नेल पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको नेपाली सेनाले जनाएको छ ।

यौन दुर्व्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् । सेनाले कार्कीसँग लागेकी एक सैनिक अधिकृत र अर्की एक महिला सैनिकलाई पनि आचरण ठीक नभएको बन्दै बर्खास्त गरेको छ ।

जर्नेल कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्दै छानबिन थालेको थियो । सो कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको र ती महिला सैनिकको पनि आचरण खराब रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो ।

कारबाही सिफारिस लगत्तै सैनिक मुख्यालयले उनीहरूलाई कारबाहीस्वरूप भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *