Main News

ईञ्जिनियर दुर्व्यवहारमा संलग्न दोषीलाई कारवाही गर्न ३ दिनको अल्टिमेटम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते २१:०२
ईञ्जिनियर दुर्व्यवहारमा संलग्न दोषीलाई कारवाही गर्न ३ दिनको अल्टिमेटम (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको विरोधमा इन्जिनियरहरु आन्दोलित भएका छन् । उनीहरुले दोषीलाई कारवाही गर्न ३ दिनको अल्टिमेटम दिँदै पेशागत सुरक्षाको मागसमेत गरेका छन् ।

अनियमितताको आरोपमा जनमत पार्टीका कार्यकर्ताले कुशवाहलाई अर्धनग्न बनाएर हिजो जनकपुरधाम घुमाए । जनमत पार्टीको यस्तो हर्कतको विरोधमा देशका विभिन्न स्थानमा ईन्जिनियरहरुले प्रदर्शन गरेका छन् । राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार हुँदा पनि प्रहरी प्रशासन मौन बसेको भन्दै उनीहरुले दोषीलाई कारवाहीको माग गरेका छन् ।

कारण वा दोषी जो भए पनि तालुकदार निकाय र व्यक्तिलाई कामप्रति जिम्मेवार बनाउने नाममा दुर्व्यवहार हुनुले देश र कानूनको धज्जी उडाएको कर्मचारीहरुको गुनासो छ ।

ईन्जिनियरहरुले सरकारले कानूनी राज्यको अनुभूति गराउनुपर्ने माग राखेका छन् । उनीहरुले दिनदहाडै कर्मचारीमाथि गरिने यस्तो व्यवहारलाई तालिबान शैलीको संज्ञा दिएका छन् ।

जिम्मेवारी वहन नगरेको आरोप खेप्दै दुर्व्यवहार सहने कुशवाह पहिलो सरकारी कर्मचारी भने होइनन् । जिम्मेवार निकायमा बसेर पनि सामान्य जिम्मेवारी समेत निर्वाह नगरेको भन्दै यसअघि पनि सरकारी कर्मचारी, जनप्रतिनिधि लगायतमाथि भौतिक आक्रमण हुने गरेको छ ।

यसलाई आम नागरिकको नैराश्यता तथा आक्रोशसँग जोडेर हेरिन्छ । त्यसो भन्दैमा काम गर्न दबाव दिन भौतिक आक्रमणमै उत्रनु तथा दुर्व्यवहार गर्नु सर्वथा गलत अभ्यास हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *