Main News

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै प्रदर्शन र धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १० गते १६:२२
शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै प्रदर्शन र धर्ना (भिडियो रिपोर्टसहित)

१० जेठ २०७९ काठमाडौं । काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको भन्दै शिक्षकविरुद्ध प्रदर्शन भएको छ।

शिक्षकविरुद्ध विद्यार्थीले गौशालाको प्रहरी कार्यलयमा धर्ना दिएका छन् । कलेजकी एक छात्रामाथि यौन दुर्व्यवहार भएको भन्दै शिक्षकविरुद्ध किटानी जाहेरी परेको छ।

शिक्षक जनार्दन अधिकारीले कक्षा ११ मा पढ्ने विद्यार्थीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । शिक्षकलाई कारवाहीको माग गर्दै कलेजका विद्यार्थीले नाराबाजी गरे ।

जाहेरी लगत्तै प्रहरीले आरोपी शिक्षक अधिकारीलाई पक्राउ गरेको थियो । आरोपित शिक्षकलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। आरोपी शिक्षकविरुद्ध चार जनाले किटानी जाहेरी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *