Main News

नेपाली बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ

हिमालय टिभी
२०७७ चैत १७ गते १८:५०
नेपाली बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ

१७ चैत २०७७ काठमाडौं । नेपाली बालबालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक अमेरिकी नागरिक पोखराबाट पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले क्यालिफोर्नियाका ६६ वर्षीय माइकेल नर्मन टेलरलाई पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीस्थित विष्णु होमस्टेबाट पक्राउ गरेको हो ।

टेलरले अमेरिकामा रहँदादेखि नै बाल यौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकासँग नियमित सम्पर्क गर्ने गरेका थिए ।

सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएका टेलरले सन् २०१९ मा तीन जना बालबालिकालाई दुर्व्यहार गरेको आरोपमा पीडित बालक एवम् अभिभावकबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *