राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैदको सजाय

हिमालय टिभी
२०७९ असार २४ गते १७:५०
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैदको सजाय

२४ असार २०७९ सुर्खेत । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ ।

बिहीबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका कारागार चलान गरिएको थियो । उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *