ज्ञवाली

भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत पार्न योगदानः मन्त्री ज्ञवाली (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई मजबुत पार्न योगदान पुगेको बताउनुभएको छ । संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्केका मन्त्री ज्ञवालीले नेपाल र भारतबीच रहँदै आएको सम्बन्ध थप मजबुत भएको...

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता

३ माघ २०७७ नयाँ दिल्ली । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय रक्षा मन्त्री सिंहबीच दिल्लीमा वार्ता भएको हो । वार्तामा दुई देशबिचको सम्बन्ध...

प्रचण्ड–नेपाल समूहले भन्यो–परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण ‘सन्देहपूर्ण’

२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणलाई सन्देहपूर्ण भनेको छ । आज बसेको स्थायी कमिटी बैठकले संसद विघटन गरी सरकार काम चलाउ भएको अवस्थामा भ्रमण भएको भन्दै परराष्ट्रमन्त्रीको भ्रमणमा प्रश्न...

नेपालले आफ्नो भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनः परराष्ट्रमन्त्री ज्ञवाली (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने बताउनु भएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछिको पत्रकार सम्मेलनमा ज्ञवालीले नेपालले दुबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध चाहेको उल्लेख...

अल्पमत र बहुमतको निर्णयबाट अघि बढ्दा एकताको आधार भत्किने नेता ज्ञवालीको दाबी (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीमा अल्पमत बहुमतको निर्णयबाट अघि बढ्दा एकताको आधार भत्किने टिप्पणी गर्नु भएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता ज्ञवालीले पार्टी...

जनताको रुची मन्त्री वा प्रधानमन्त्री फेर्नेमा छैन : परराष्ट्रमन्त्री ज्ञवाली

१४ मंसिर, २०७७ गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताउनुभएको छ । उहाँले वर्ष–वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रहसमेत...

परराष्ट्रमन्त्री ज्ञवालीले भने–देशका नाममा कुनै विशेषण जोड्नु जरुरी छैन

२४ कात्तिक, २०७७ काठमाडौं । सरकारले मुलुकको नाम अगाडि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने मन्त्रिपरिषद्को निर्णयबारे संसदीय समितिमा स्पष्टिकरण दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएकाले संघीय लोकतान्त्रिक...

आवश्यकताअनुसार सच्याएर एमसीसी पारित हुन्छः मन्त्री ज्ञवाली (भिडियोसहित)

२ असोज, २०७७ बुटवल । सत्तारुढ नेकपाभित्रको पछिल्लो सहमतिसँगै अमेरिकी सहयोग परियोजना एमसीसीबारे सरकारको धारणा पनि फेरिएको छ । पहिले जस्ताको तस्तै पारित हुनुपर्ने र सुधार गर्नु पर्ने विषय नरहेको दावी गर्दै आएको सरकारले एमसीसीका विषयमा उठेका प्रश्नको हल...

पार्टीलाई फुटबाट जोगाउन स्थायी कमिटी सदस्य ज्ञवालीको नेतृत्वसँग आग्रह (अपीलको पूर्णपाठ)

३ साउन, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टीलाई फुट्नबाट जोगाउनका लागि नेतृत्वलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्चाल फेसबुकमा नेतृत्वलाई सम्बोधन गरेर लामो स्टाटस लेख्दै स्थायी कमिटी सदस्य ज्ञवालीले पार्टीभित्रको आन्तरिक विवाद...