राजनीति
राजनीतिक प्रतिशोधका आधारमा गठबन्धन गरेको एमाले नेता ज्ञवालीको आरोप (भिडियो रिपोर्टसहित)
२०७९ साउन ३० गते १८:४९

३० साउन २०७९ रुकुमपूर्व । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव जित्नकै लागि फरक धारका दलले राजनीतिक प्रतिशोधको आधारमा गठबन्धन गरेको आरोप लगाउनुभएको छ ।
रुकुम–पूर्व जिल्लामा नेकपा एमालेले आयोजना गरेको पार्टी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनले जनतालाई निर्वाचनमा स्वतन्त्र रुपले मतदान गर्ने अधिकारलाई संकुचन गरेको बताउनुभयो ।
राष्ट्रिय हितमाथिको आघात, सन्तुलित परराष्ट्र नीतिमा आँच, आन्तरिक मामिलाका विषयमा विदेशमा छलफल र छिमेकी राष्ट्रको गुमेको विश्वास लगायतका एजेण्डा लिएर जाने ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया