Main News

परराष्ट्रमन्त्री ज्ञवालीले भने–देशका नाममा कुनै विशेषण जोड्नु जरुरी छैन

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १४:३६
परराष्ट्रमन्त्री ज्ञवालीले भने–देशका नाममा कुनै विशेषण जोड्नु जरुरी छैन

२४ कात्तिक, २०७७ काठमाडौं । सरकारले मुलुकको नाम अगाडि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने मन्त्रिपरिषद्को निर्णयबारे संसदीय समितिमा स्पष्टिकरण दिएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएकाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेखर नेपाल मात्रै लेखिएको जानकारी दिनुभयो ।

नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको उहाँले बताउनुभयो ।

देशको नामलाई एकरुपता दिन गरिएको निर्णयलाई अन्य अर्थमा नबुझ्न र देशको नाम र राजनीतिक व्यवस्था फरक हुन भन्ने बुझ्न पनि मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।

मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र लेखिँदै आएकोमा अबदेखि नेपाल मात्रै लेख्ने निर्णय गरेको थियो । र, त्यसलाई लिएर कतिपयले सरकारले संघीय शासन व्यवस्था उल्ट्याउन खोजेको भनेर आलोचना गरिरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *