राजनीति

निर्वाचनपछि एमाले फेरि सरकारमा फर्कन्छः प्रवक्ता ज्ञवाली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते १६:०२
निर्वाचनपछि एमाले फेरि सरकारमा फर्कन्छः प्रवक्ता ज्ञवाली (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गर्नु भएको छ ।

तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताउनु भएको हो ।

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले आज लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो ।

प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अबको १५÷१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि फर्कने छौं, सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरि फर्कनेछौं । र फेरि देशलाई ‘समृद नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौं ।’

प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्रविरोधी गतिविधि गरेको, मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो ।

उहाँले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्