Main News

एमाले विभाजनमा ओलीलाई मात्र दोष दिएर कसैले छुट पाउँदैनः उपाध्यक्ष ज्ञवाली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १५ गते १४:१८
एमाले विभाजनमा ओलीलाई मात्र दोष दिएर कसैले छुट पाउँदैनः उपाध्यक्ष ज्ञवाली (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले पार्टी विभाजनमा अध्यक्ष केपी ओलीलाई दोष दिएर मात्र कसैले छुट नपाउने बताउनुभएको छ ।

एमालेको कर्णाली प्रदेश कमिटीले सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र त्यस्तो व्यवहार गर्ने काम बन्द गर्न आग्रह समेत गर्नुभयो ।

केपी ओलीलाई मात्र दोष दिएर पन्छन खोज्नु गलत भएको बताउँदै उहाँले पार्टी विभाजन गर्नु दुर्भाग्यपूर्ण र गलत भएको बताउनुभयो ।

घृणाको संस्कृति फैलाएर कसैलाई गालीगलौज गरेको जनताले मन नपराउने बताउँदै उपाध्यक्ष ज्ञवालीले पार्टीको काम र जनताको विकासमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

सबै राजनीतिक दल मिलेर संविधान बनाएको चर्चा गर्दै ज्ञवालीले संविधान र लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *