अन्तर्वार्ता

ओलीसँग मिलेर जाने सम्भावना न्युन रहेको एमाले उपाध्यक्ष ज्ञवालीको प्रष्टिकरण (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ चैत १८ गते १२:५०
ओलीसँग मिलेर जाने सम्भावना न्युन रहेको एमाले उपाध्यक्ष ज्ञवालीको प्रष्टिकरण (भिडियो कुराकानी)

१८ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले अव अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने सम्भावन निक्कै न्यून रहेको बताउनु भएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै नेता ज्ञवालीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले गत फागुन २८ गतेको निर्णय नसच्चाए उहाँसँग मिलेर जान नसक्ने र बहुमत केन्द्रीय सदस्यको निर्णयबाट ओलीलाई निस्कासन गर्ने चेतावनी दिनुभयो ।

नेता ज्ञवालीले अध्यक्ष ओली नै अवैधानिक रहेको रहेको भन्दै उहाँले गरेका हरेक क्रियाकलाप नेकपा एमालेको विधानले निचन्ने दावी गर्नुभयो

गत फागुन २८ गते बालुवाटारमा बैठक बसेर केन्द्रीय कमिटी विस्तार गरेर नेताहरुको जिम्मेवारी खोस्दै वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि एमाले भित्रको विवाद थप चर्किदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्