राजनीति

माओवादीलाई ज्ञवालीको कटाक्ष : माया एउटासँग बिहे अर्कैसँग….(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ७ गते १८:१९
माओवादीलाई ज्ञवालीको कटाक्ष : माया एउटासँग बिहे अर्कैसँग….(भिडियो रिपोर्टसहित)

७ साउन २०७९ रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेर आफ्नै सांसदको भावनामा चोट पुर्‍याएको टिप्पणी गर्नुभएको छ ।

वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा आफ्नै पार्टीका सांसदले राखेको संशोधन प्रस्तावविपरीत विधेयक पारित गर्न समर्थन गरेर माओवादीले बेइमानी गरेको उहाँको आरोप छ ।

आज बुटवलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले वैवाहिक अंगीकृत नागरिकता दिन निश्चित अवधि नतोक्ने प्रावधान रहस्यपूर्ण, त्रुटिपूर्ण र देशको हितमा नभएको उहाँले बताउनुभयो ।

एमाले वाम गठबन्धनका लागि खुल्ला रहेको बताउँदै उपमहासचिव ज्ञवालीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससँगको गठबन्धन छाडेर आउनुपर्ने बताउनुभयो ।

उहाँले माया एउटासँग विवाह अर्कैसँग गर्ने अनि औंशी भए एमालेसँग पूर्णिमा भए कांग्रेससँग मिल्ने प्रवृत्ति भएका दलसँग गठबन्धन नहुने तर्क गर्नुभयो ।

गठबन्धन सरकार एक वर्षमा राजनीतिक, आर्थिक र राष्ट्रियताको सवालमा पूर्ण असफल भएको उहाँको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्