राजनीति
संसदमा ज्ञवालीको प्रश्न– नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको हो ? (भिडियो रिपोर्टसहित)
२०७९ असार १ गते १३:०७

१ असार २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएको छ ।
अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा नेपाल सरकारले हस्ताक्षर गर्न खोजेको भन्दै एमालेले सरकारमाथि उक्त आरोप लगाएको हो ।
आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले छिमेकी वा शक्ति राष्ट्रका आआफ्ना स्वार्थ र रणनीतिहरू हुने भए पनि उनीहरूको साझेदार नेपाल बन्न नहुने बताउनुभयो ।
उहाँले रुसका एक जना आरोहीले सगरमाथाको चुचुरोबाट अर्को एउटा देशकोविरुद्ध झण्डा उचालेको विषयमा पनि सरकारको आलोचना गर्नुभयो ।
प्रतिक्रिया