Main News
निर्दलीय व्यवस्था ब्युँताएर देउवा प्रधानमन्त्री बनेको एमाले नेता ज्ञवालीको आरोप (भिडियो रिपोर्टसहित)
२०७८ साउन ३ गते १९:२०
३ साउन २०७८ काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले निर्दलीय व्यवस्था ब्यूँताएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आरोप लगाउनुभएको छ ।
संसद बैठकमा बोल्दै ज्ञवालीले प्रधानमन्त्री देउवामाथि निर्दलीय व्यवस्था ब्यूँताएको आरोप लगाउनुभयो ।
देउवा पहिले श्री ५ र अहिले श्रीमानको आदेशमा प्रधानमन्त्री बनेको भन्दै कटाक्ष गर्नुभयो । देउवाबाट लोकतन्त्रलाई खतरा रहेको ज्ञवालीको आरोप छ ।
अदालतले संविधान संशोधन गरेको उहाँले आरोप लगाउनुभयो ।
प्रतिक्रिया