Main News

निवर्तमान परराष्ट्रमन्त्री ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक

हिमालय टिभी
२०७८ जेठ २२ गते ७:३१
निवर्तमान परराष्ट्रमन्त्री ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक

२२ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

हिजो बेलुकी सामाजिक सञ्जालमार्फत उहाँले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको जानकारी दिनुभएको छ ।

आफ्नो सवा तीन वर्षको कार्यकालमा केही घरायसी सामान र दुईसय थान पुस्तकबाहेक अरु सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उहाँले उल्लेख गर्नुभएको छ ।

यस अवधिमा विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९३० पार्टी खातामा जम्मा भएको उहाँले लेख्नुभएको छ । हाल आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ बचत रहेको उहाँको बनाइ छ ।

मन्त्री हुँदा आफूले प्रयोग गर्दै आएको गाडी र ल्यापटप हिजो नै बुझाएको भन्दै ज्ञवालीले आज बिहान मन्त्री निवास छोड्ने जानकारी गराउनु भएको छ । उहाँले मन्त्री रहँदा साथ सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *