बिशेष

विस्तृत शान्ति सम्झौताको १७ वर्ष, अधुरै शान्ति प्रक्रिया

ओझेलमा आर्थिक रुपमान्तरण

हिमालय टिभी
२०८० मंसिर ५ गते ८:४८
विस्तृत शान्ति सम्झौताको १७ वर्ष, अधुरै शान्ति प्रक्रिया

५ मंसिर २०८० काठमाडौं । सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ ।

१७ वर्ष अगाडि आजकै दिन सरकार र माओवादीले विस्तृत शान्ति सम्झौता मार्फत एक दशक लामो युद्ध अन्त्यको घोषणा गरेका थिए । २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।

संविधानसभा मार्फत नयाँ संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन, संक्रमणकालीन न्याय र आर्थिक–सामाजिक रुपान्तरणको कार्यभारसहित सम्झौता भएको थियो । शान्ति सम्झौताले निर्धारण गरेका लक्ष्यमध्ये संविधानसभा मार्फत संविधान निर्माण भइसकेको छ ।

त्यसैगरी माओवादी लडाकुको समायोजन तथा व्यवस्थापनको काम पनि सम्पन्न भइसकेको छ । तर संविधानअनुसार दुई वर्षभित्र सम्पूर्ण काम सक्ने भनेर गठन गरिएका बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगले परिणाममुखी काम गर्न सकेका छैनन्। दुई वर्षभित्र पूरा गर्ने भनिएको संक्रमणकालीन न्याय यतिका वर्षको बितिसक्दा पनि पूरा हुन सकेको छैन।

२०७९ साउन १ गतेदेखि दुवै आयोग पदाधिकारीविहीन छन्। शान्ति प्रक्रियाको मुख्य सरोकारवाला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन पटक सरकारको नेतृत्वमा पुग्दा पनि काम पूरा गर्न सक्नु भएको छैन । शान्ति सम्झौतामा उल्लेख आर्थिक सामाजिक रुपान्तरणको विषय भने अझै पुरा हुन सकेको छैन ।

अहिले पनि हजारौ द्वन्द्व पीडित सत्य र न्यायको प्रतीक्षामा छन् । प्रधानमन्त्री प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन संयुक्त राष्ट्रसंघको भूमिका खोजीमा हुनुहुन्छ भने राष्ट्रसंघले पनि नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा संलग्नता खोजेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्