बिशेष

विदेशिने बढेसँगै नेपालमा नर्स अभाव (भिडियो रिपोर्टसहित)

२०८० माघ १५ गते १६:४२
विदेशिने बढेसँगै नेपालमा नर्स अभाव (भिडियो रिपोर्टसहित)

१५ माघ २०८० काठमाडौं । सरकारले उत्साहका साथ आज विश्व नर्सिङ दिवस मनाइरहँदा नेपालमा भने नर्सको चरम अभाव हुन थालेको छ । देशभर रहेका सरकारी अस्पतालमा करिब २२ हजार १ सय ५५ नर्सिङ कर्मचारी आवश्यक छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १० हजार ५ सय ८५ मात्रै दरबन्दी छ । नेपाल नर्सिङ काउन्सिलमा हाल १ लाख १६ हजार नर्स दर्ता भएपनि ३३ प्रतिशत नर्स भने विदेशिएका छन् । देशमा जनशक्ति अभाव हुँदा सरकार नै नर्स वैदेशिक रोजगारीमा पठाइरहेको छ भने नर्स पनि विदेश जानुनै मुख्य उद्देश्य बनाइरहेका छन् ।

यो केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले दिनुभएको तथ्यांक हो । अर्थात् अहिले देशभर ९२ हजार स्वास्थ्यकर्मी आवश्यक छ । देशभरका सरकारी अस्पतालमा गरेर २२ हजार १ सय ५५ नर्सिङ कर्मचारी चाहिन्छ। तर देशभर १० हजार ५८५ अर्थात् आधाभन्दा पनि थोरै दरबन्दी छ। ।जबकी नेपाल नर्सिङ काउन्सिलमा हाल १ लाख १६ हजार नर्स दर्ता छन् । तर नर्स नै अहिले अपुग छ ।

यसको मुल कारण हो, नर्सको विदेश पलायन । अहिले सरकारी मात्र नभई निजी अस्पतालमा पनि मापदण्ड अनुसार नर्सिङ जनशक्ति छैन। बिरामीको चाप र अस्पतालको शय्या अनुसार नर्सिङ जनशक्ति नहुँदा गुणस्तरीय सेवा प्रवाहमा समस्या भइरहेको छ । अहिले ३८ हजार ५ सय ३९ जना नर्स विदेशमा छन् । उत्पादन हुने नर्स भन्दा विदेशिने नर्सको संख्या बढी हुँदा भविष्यमा नेपालमा नर्सको हाहाकार हुन देखिन थालेको छ ।

एक वर्षमा नर्स उत्पादनको संख्याः झण्डै ५ हजार
२०८० सालको माघसम्ममाः ६ हजार १ सय नर्सद्वारा विदेश जानका लागि काउन्सिलबाट प्रमाणपत्र ग्रहण

अहिले पर्याप्त मात्रामा नर्सिङ कलेज छैनन्, नर्स पढ्ने कोटा पनि कम छ । त्यसैले विद्यार्थी पढ्नकै लागि पनि विदेश पलायन हुने गरेका छन् । यहाँ नर्स बनेकाहरू पनि विदेशमै रोजगारीमा जान रुचाउँदा देशमा नर्सको अभाव हुन थालेको छ । यसरी विदेश जाने नर्सका लागि पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा र दुबई प्रमुख गन्तव्य बनेको छ ।

कुन देशमा कति गए नर्स ?
–अमेरिकाः २२ हजार १ सय १६ जना
–अष्ट्रेलियाः ११ हजार १ सय ५० जना
–दुवईः दुई हजार ६ सय जना
–डेनमार्कः ५ सय १५ जना
–बेलायतः ५ सय ७० जना
–क्यानडाः ४ सय जना
–न्यूजिल्यान्डः १ सय ५० जना
–आयरल्यान्डः ८० जना
–हङकङः ५० जना
–कतारः ३ सय ५० जना
–माल्दिभ्सः ३० जना
–कुवेतः २ सय ५० जना
–यूएन मिसनः दुई सय जना
–जर्मनः ३० जना
–भारतः ३५ जना
–फिनल्यान्डः ८ जना
–स्वीटजरल्यान्डः ५ जना

२०७९ सालमा सरकारले बेलायतसरकारसँग नर्स पठाउन श्रम सम्झौता गरेपछि यो क्रम अझ बढ्दै गएको छ । देशमा नर्स अभाव रहेको भनिरहेपनि सरकार नै अहिले आगामी जुलाईभित्र ४३ जना नर्सलाई विदेश पठाउँदै छ । बेलायत जानका लागि ७ सय ३१ जना इच्छुक नर्सले दिएको आवेदनले देखाउँछ कि नर्स पनि पलायत हुनै चाहन्छन् ।

हुन पनि नेपालमा नर्सले पाउने तलब र सेवा सुविधा भन्दा चार गुणाबढी विदेशमा पाइरहेका छन् । नर्सिङ संघका अनुसार नेपालमा नर्सको उचित मुल्यांकन नहुनुले नै विदेश पलायन बढाएको छ । सेवासुविधा नहुने १० हजार भन्दा कम शुल्कमा घण्टौ काम गर्नुपर्ने बाध्यता रहेको संघको भनाइ छ ।

प्रति १० हजार जनसंख्यामा ४९ जना स्वास्थ्यकर्मी डाक्टर, नर्स र मिडवाइफ आवश्यक रहे पनि जनसंख्याको आधारमा नेपालमा स्वास्थ्यकर्मीको आवश्यक छ । तर सरकारले २०५४ सालदेखि नयाँ दरबन्दी सृजना गरेको छैन ।

यता भएका स्वास्थयकर्मी विदेसिने र नागरिकले आधारभुत स्वास्थ्यसेवा समेत सहज र सरल रुपमा नपाउने नियतिको अन्त्य हुने देखिदैन । यसले सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले २०३० सम्म नेपालमा स्वास्थ्यकर्मीको चरम अभाव हुने प्रक्षेपणलाई बल पुर्‍याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्