नेपाल भ्रमणमा रहेकी चिनियाँ उपमन्त्री उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त
१३ माघ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानबीच शिष्टाचार भेट भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिनुभयो।
उपमन्त्री हैयान माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा हिजो नेपाल भ्रमणमा आउनु भएको हो। बंगलादेश हुँदै नेपाल भ्रमणमा आइपुगेका उपमन्त्री सुनले हिजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको छ ।
नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। उपमन्त्री सुनका साथमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका विदेश विभागका सु मिन, चाङ्ग जिउविन, छेङ युया, वेन जुन, जिन यान पनि सहभागी छन् ।
प्रतिक्रिया