बिशेष

बीपी प्रतिष्ठानमा आन्दोलन, मारमा बिरामी (भिडियो रिपोर्टसहित)

२०८० माघ १३ गते १६:२९
बीपी प्रतिष्ठानमा आन्दोलन, मारमा बिरामी (भिडियो रिपोर्टसहित)

१३ माघ २०८० सुनसरी । धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्कीलाई हटाउनुपर्ने माग गर्दै शिक्षक र कर्मचारीले भद्र अवज्ञा आन्दोलन सुरु गरेका छन् ।

प्रतिष्ठानले २०७९ पुस २० र २५ गते प्रकाशन गरेको बढुवा सम्बन्धी विज्ञापन कार्की नियुक्त भएर आएदेखि प्रक्रिया अवरुद्ध गरेको आन्दोलनरत कर्मचारीको आरोप छ । शिक्षक र कर्मचारीको आन्दोलनले मारमा भने बिरामी परिरहेका छन् ।

वृत्ति विकासको माग राखेर आन्दोलित शिक्षक कर्मचारीले पनि स्वास्थ्यजस्तो संवेदनशील संस्थाको आवश्यकदेखि अन्य सेवा बहिष्कार गरेका छन् ।

प्रतिष्ठानको एकेडेमीदेखि ओपिडी सेवा सबै ठप्प छ । वृत्तिविकासको माग गर्दे प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले काम छोडेर आन्दोेलनमा उत्रँदा उपचार गर्न प्रतिष्ठान आएका बिरामी उपचार नपाएर फर्कन बाध्य भएका छन् ।

अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ संशोधन २०७५ सहितको दफा ३ अनुसार अस्पतालमा हड्ताल गर्न पाइँदैन । बीपीको हकमा त २०७८ सालमा नै बन्द नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसअघि सर्वोच्चले २०६७ भदौमा परमादेश जारी गरी अस्पताललगायतका अत्यावश्यक सेवामा अवरोध गर्नेमाथि कडाइ गर्न परमादेश दिएको थियो ।

उच्च अदालत विराटनगरले समेत गत माघ ४ गते नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन, हड्ताल तथा तालाबन्दीजस्ता कार्यहरु नगर्न गराउन अन्तरिम आदेश जारी गरेको छ । तर प्रतिष्ठान अहिलेसम्म सञ्चालन आउन सकेको छैन । आन्दोलनरत कर्मचारी भने आफुहरुले अस्पताल सेवा वन्द नगरेका दावी गर्दछन् । काम मात्र छोडेकाले अस्पताल बन्द गरेको भन्न नमिल्ने उनीहरूको तर्क छ ।

कर्मचारी र चिकित्सकले आफुहरुले काम छोडेको वन्द नगरेका वताए पनि चिकित्सक र कर्मचारी नहँुदा उपचारमा आएका बिरामी भने उपचारबाट वञ्चित भइरहेका छन् । त्यसो त उनीहरुले उठाएको मागको विषयमा समेत उच्च अदालतले कुनै प्रक्रिया सुरु नगर्न अन्तरिम आदेश दिइसकेको छ । तर प्रतिष्ठानमा आन्दोलनरत कर्मचारी र चिकित्सकले भने आदेशको अवमूल्यन गरिरहेका छन् ।

प्रतिष्ठानको शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाज आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका बेला प्रतिष्ठानकै कर्मचारीका एक समूहले स्वास्थ्य सेवा ठप्प पार्न नहुने भन्दै विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्