बिशेष

केही देशले नेपाल र चीनको सम्बन्धमा भाँजो हाल्न खोजिरहेको चिनियाँ उपमन्त्रीको टिप्पणी

हिमालय टिभी
२०८० माघ १४ गते १७:०९
केही देशले नेपाल र चीनको सम्बन्धमा भाँजो हाल्न खोजिरहेको चिनियाँ उपमन्त्रीको टिप्पणी

१४ माघ २०८० काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताउनु भएको छ ।

काठमाडौंमा राजनीतिक दलका नेताहरूसँगको अन्तरक्रियामा उपमन्त्री सुनले चीनले नेपालका राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहे पनि केही देशहरु सम्बन्धमा भाँजो हाल्न चाहिरहेको बताउनुभएको हो ।

उहाँले अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताउँदै त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेकोमा जोड दिनुभयो । नेतृ सुनले चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहे पनि नेपालको नीतिगत अस्थिरताका कारणले लगानी गर्न असक्षम रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताउनुभयो । उहाँले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गर्नुभयो ।

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको उल्लेख गर्नुभयो ।

नेता कोइरालाले परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *