बिशेष

इजरायलबाट थप १९ जना नेपालीको उद्धार

हिमालय टिभी
२०८० असोज ३० गते १३:०३
इजरायलबाट थप १९ जना नेपालीको उद्धार

३० असोज २०८० काठमाडौं । इजरायलबाट थप १९ जना नेपालीको उद्धार गरिएको छ।

स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । १९ नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभयो ।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपाली गौरीफन्टा नाका भएर कैलाली आउनेछन । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरेको छ।

यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल वायु सेवा निगमको चार्टर विमानबाट २५४ नेपालीलाई स्वदेश ल्याएको थियो । प्यालेष्टाइनी लडाकु समुह हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ ।

युद्ध चर्कँदै गएपछि स्वदेश फर्कने नेपालीहरुले तेल अविवस्थित दुतावासमा अनलाइन फारम मार्फत आवेदन दिएका छन् । उनीहरुलाई विभिन्न मुलुकसँग समन्वय गरि स्वदेश फर्काइने सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्