खेलकूद

विश्वकप क्रिकेटमा घरेलु टोली भारतको विजयी शुरुवात

हिमालय टिभी
२०८० असोज २२ गते ९:०४
विश्वकप क्रिकेटमा घरेलु टोली भारतको विजयी शुरुवात

२२ असोज २०८० काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजय सुरुवात गरेको छ।

चेन्नइमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले ५० ओभरमा अल आउट हुँदै १९९ रन बनाएको थियो।

भारतका रबिन्द जडेजाले ३ तथा कुलदीप यादव र जसप्रीत बुम्राहाले समान २ विकेट लिए । २ सय रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको भारतले ४१ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

सुरुवाती दुई ओभरमै तीन विकेट गुमाएको भारतका लागि केएल राहुलले अविजित ९७ रनको योगदान दिए । विराट कोहलीले ८५ रन बनाए ।

अस्ट्रेलियाका लागि स्टीभ स्मिथले ४६ र डेभिड वार्नरले ४१ रनको योगदान दिनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। विश्वकप क्रिकेटमा आज न्यूजिल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्