खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीमाथि बागमती प्रदेशको सहज जित

हिमालय टिभी
२०८० माघ १३ गते १४:५३
प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीमाथि बागमती प्रदेशको सहज जित

१३ माघ २०८० काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लिग चरणको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको सहज जित हासिल गरेको छ ।

जित सँगै बागमतीले ९ खेलमा ६ जित सहित १२ अंक बनाउँदै लिग चरण टुंगाएको छ । बागमतीले अब आफ्नो शीर्ष दुई र शीर्ष चारमा आफु परे नपरेको थाहा पाउन अन्तिमसम्म कुर्नु पर्ने छ ।

लिग तालिकामा शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्ने छन् भने शीर्ष चारले तीन–दिवसीय खेल हुने एलिट ट्रफीमा प्रतिस्पर्धा गर्ने छन् । गण्डकीको भने ६ खेलमा २ अंकसहित नवौ स्थानमा छ । लुम्बिनी प्रदेशले दिएको १०७ रनको लक्ष्य बागमतीले १७ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

बागमतीका लागि ओपनर इशान पाण्डेले ५० रनको अर्धशतकिय इनिङ खेले । यस्तै कप्तान रित गौतमले २४ र ओपनर आशुतोष घिराइयाले १४ रन बनाए ।
लुम्बिनीका लागि निर्मल गुरुङले २ विकेट लिए भने कृष्ण कार्की र अभिषेक गौतमले समान १–१ विकेट लिए ।

त्यसअघि किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२ दशमलव २ ओभरमा १०६ रनमा अलआउट भयो । बागमतीका लागि सूर्य तामाङले १० ओभरमा २ मेडन सहित २६ रन खर्चिंदै सर्वाधिक ६ विकेट लिए । योसँगै सुर्यको यस संस्करणमा ९ खेलमा ३० विकेट पुगेको छ ।

यस्तै बिपिन आचार्यले २ विकेट लिँदा प्रतिस जिसी र क्रिजन गुरुङले १–१ विकेट लिए । लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफविरुद्ध गण्डकी प्रदेशले २ सय ८ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङ गरेको एपीएफ ४७ दशमलव २ ओभरमा २ सय ७ रनमा अलआउट भयो ।

एपीएफका लोकेश बमले ५० रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै भुवन कार्कीले ४५, प्रदीप ऐरीले ३९ तथा पुरन विकले ३० रन थपे । बलिङमा गण्डकीका कमल परियारले ३ तथा विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुली समान २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्