खेलकूद

यु–१९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँग नेपाल पहिलोपटक पराजित

हिमालय टिभी
२०८० माघ ८ गते ८:०२
यु–१९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँग नेपाल पहिलोपटक पराजित

८ माघ २०८० काठमाडौं । नेपाल आईसीसी अन्डर नाइन्टिन विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ ।

इस्ट लण्डनमा हिजो भएको खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो हारले नेपालको सुपर सिक्स सम्भावनामा धक्का लागेको छ । न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २३८ रन बनायो ।

नेपालका लागि अर्जुन कुमालले ९० रनको अर्धशतकीय पारी खेले । न्युजिल्यान्डका लागि मसोन काल्करले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनायो ।

न्युजिल्यान्डका लागि सेन्हिथ रेड्डीले १४७ रनको शतकीय पारी खेले । त्यस्तै कप्तान ओस्कर ज्याक्सनले ७५ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिए । त्यस्तै गुलशन झाले दुई विकेट लिए ।

नेपालले यसअघि सन् २००६ को अन्डर नाइन्टिन विश्वकपमा न्युजिल्यान्डलाई १ विकेट र सन् २०१६ मा ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्