खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा मधेशको तेस्रो जित, कर्णाली प्रदेश ६१ रनले पराजित

हिमालय टिभी
२०८० माघ ६ गते १६:५६
प्रधानमन्त्री कप क्रिकेटमा मधेशको तेस्रो जित, कर्णाली प्रदेश ६१ रनले पराजित

६ माघ २०८० काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै मधेश प्रदेशले तेस्रो जित हात पारेको छ ।

योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ दशमलब १ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका अर्जुन घर्तीले सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ रनको इनिङ खेले ।

मधेशका राजेश यादवले ३, प्रदीप पासवानले २ तथा रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १–१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २३१ रन बनायो । मधेशका लागि कप्तान हरिशंकर साह र मयन यादवले ५०५० रन बनाए । अनिल साहले ४४ र अभिषेक तिवारीले ३४ रन जोडे ।

कर्णालीका दीपेन्द्र रावतले ४, अनुज चनराले २ तथा दिनेश अधिकारी, युनिश सिंह र दिवन पुनले १–१ विकेट लिए ।

आजको जीतसँगै मधेश ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । कर्णाली ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

बागमती ५ खेलमा ६ अंक भए पनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टोली सहभागी छन । राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्