खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा मधेशले दियो कर्णालीलाई २ सय ३२ रनको लक्ष्य

हिमालय टिभी
२०८० माघ ६ गते १३:२५
प्रधानमन्त्री कप क्रिकेटमा मधेशले दियो कर्णालीलाई २ सय ३२ रनको लक्ष्य

६ माघ २०८० काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशसामु २३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २३१ रन बनायो । मधेशका लागि कप्तान हरिशंकर साह र मयन यादवले ५०५० रन बनाए ।

अनिल साहले ४४ र अभिषेक तिवारीले ३४ रन जोडे । कर्णालीका दीपेन्द्र रावतले ४, अनुज चनराले २ तथा दिनेश अधिकारी, युनिश सिंह र दिवन पुनले १–१ विकेट । २३२ रनको लक्ष्य पछ्याएर मधेश प्रदेश जवाफी ब्याटिङ गरिरहेको छ ।

दुबै टोली आज तेस्रो जितको लक्ष्यसहित मैदान ओर्लिएका छन् । छैठौं स्थानको कर्णालीले ३ खेलबाट दुई खेल जितेको छ । उता चार खेल खेल्दै मधेश दुई खेलमा विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्