खेलकूद

दोधारा चाँदनीमा निर्माणाधीन मिनी कवर्ड हलको काम ६ वर्षदेखि अलपत्र (भिडियो रिपोर्टसहित)

२०८० माघ २ गते १६:१६
दोधारा चाँदनीमा  निर्माणाधीन मिनी कवर्ड हलको काम ६ वर्षदेखि अलपत्र (भिडियो रिपोर्टसहित)

२ माघ २०८० कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ मा निर्माणाधीन मिनी कवर्ड हलको काम ६ वर्षदेखि अलपत्र छ । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारले बेवास्ता गर्दा यो आयोजनाले बजेट पाउन सकेको छैन ।

२०७४ सालमा १० लाख बजेट विनियोजन गरेर जमिन सम्याइएको थियो । त्यसपछि तीन वर्ष बजेट परेन । २०७७–७८ मा ५० लाख बजेट परेर संरचना निर्माणको काम भयो ।

अब थोरै लगानी गरे कवर्डहलको फिनिसिङ हुने भए पनि यो वर्ष बजेट परेन । जसका कारण बनेका संरचना जीर्ण बन्ने हो कि भन्ने चिन्ता स्थानीयको छ ।

सरकारले कवर्डहल निर्माणमा थप बजेट नपठाएपछि स्थानीय आफैंले श्रोत र जनशक्ति जुटाएर भुईंमा माटो भर्ने र बत्ती जडान गर्ने काम गरेका छन । तर, सरकारको प्राथमिकतामा नपर्दा यसले अझै पूर्णता पाउन सकेको छैन ।

सरकारले तत्काल बजेट विनियोजन गरेर कबर्ड हल निर्माणको कामलाई तीव्रता दिन सके यसले खेल क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *