खेलकूद

प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा कोशी प्रदेशसामु २७४ रनको लक्ष्य प्रस्तुत

हिमालय टिभी
२०८० माघ ५ गते १३:१८
प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा कोशी प्रदेशसामु २७४ रनको लक्ष्य प्रस्तुत

५ माघ २०८० काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा कोशी प्रदेशलाई २ सय ७४ रनको विजयी लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी आजको एक मात्र खेलमा टस गुमाएर पहिले ब्याटिङका लागि डाकिएको बागमतीले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो ।

छैटौं ओभरको पहिलो बलमा इशान पाण्डेलाई ६ रनमा गुमाएको बागमतीका लागि अर्का ओपनर आशुतोष घिरैया र कप्तान रित गौतमले १ सय ३१ रनको साझेदारी गर्दै बलियो आधार खडा गरे ।

रित ४९ रनमा आउट हुँदा ३३ ओभरको पहिलो बलमा आशुतोष सर्वाधिक १ सय १८ रन बनाएर आउट भए । करियरको पहिलो शतक आशुतोषले ९९ बलमा १३ चौका र २ छक्काको मद्दतमा पुरा गरे ।

प्रधानमन्त्री कपमा बागमतीका लागि यो दोस्रो र जारी प्रतियोगिताको पाँचौं शतक हो । मध्येक्रममा रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाउँदा त्यसपछिका ब्याटर लगातार आउट हुँदा २ सय ७३ रनमा रोकियो ।

बलिङमा कोशीका लागि अभ्यास तिम्सिनाले ३, कमल खत्री र हेमन्त राईले २२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्