बिशेष

इजरायलमा भएको आक्रमणमा केही नेपाली हताहत भएको आशंका

तीन जना घाइते, १२ जना सम्पर्कविहीन : परराष्ट्रमन्त्री

हिमालय टिभी
२०८० असोज २१ गते १४:२६
इजरायलमा भएको आक्रमणमा केही नेपाली हताहत भएको आशंका

२१ असोज २०८० काठमाडौं । इजरायलको सेडोट नेगेभ एग्रिकल्चर सेन्टरमा अध्ययनरत् ८-९ नेपाली विद्यार्थी सम्पर्कविहीन रहेका छन् ।

उनीहरुको खोजी कार्यजारी रहेको इजराउलस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

कृषिसम्बन्धी अध्ययन गर्न इजरायल गएका उनीहरु हिजोदेखि नै सम्पर्कमा छैनन् । उनीहरु मारिएको हुनसक्ने अपुष्ट खबरहरु आएको दूतावासले जनाएको छ तर, बुझ्न टोली पठाइएको बताइएको छ । यता, प्रतिनिधिसभामा सरकारले सरकारले इजरायलको मध्य र दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको रकेट आक्रमणमा केही नेपाली हताहत भएकोआशंका गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउँदै केही घाइते र केहीको हताहत भएको हुनसक्ने जानकारी दिनुभएको हो ।

मन्त्री साउदले त्यहाँ रहेका नेपालीको अवस्था यकिन गर्न र उद्दार गर्नका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको समेत सदनलाई जानकारी गराउनुभयो ।

इजरायलमा भएको आक्रमणबारे नेपालले गम्भीरताका साथ लिएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । इजरायलको अवस्थाबारे जानकारी लिन र त्यहाँ रहेका नेपालको उद्दारलगायतका विषयमा निर्णय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार बिहान बैठक बसी संयन्त्र स्थापना गरिएको पनि उहाँको भनाइ थियो ।

उहाँले नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार १७ जना नेपालीमध्ये दुई सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ । अझै १२ जनाको खोजी भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने हमासले केही नेपालीलाई पनि बन्धक बनाएको दावी गरिरहेका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारी अनुसार ४ हजार ५ सय नेपाली इजरायलमा केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

सूदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए । शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण गरिरहेको छ ।

हमासका हतियारधारी लडाकु दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । हमास विद्रोहीहरू मोटरसाइकल र प्यारासुटमार्फत इजरायली भूमिमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्