
१६ असोज २०८० काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर आसपास केन्द्र भएर ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प पश्चिम नेपालसहित काठमाडौं र भारतमा पनि महशुस भएको थियो ।
त्यसअघि बझाङ कै तेलकोट आसपास केन्द्र भएर ५ दशमलब ३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् ।
स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् ।
भूकम्पले सुख्खा पहिरो आउँदा जय पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । पहिरोमा परेर २ जना घाइते भएको प्रहले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको भवन चर्किएको र तालकोट गाउँपालिकाको गाडीमा समेत क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिनुभयो ।
प्रतिक्रिया