बिशेष

नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचार बहालवाला सचिवसहित ९ जनाविरुद्ध मुद्दा

हिमालय टिभी
२०८० असोज १५ गते १५:०८
नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचार बहालवाला सचिवसहित ९ जनाविरुद्ध मुद्दा

१५ असोज २०८० काठमाडौं । नेसनल पेमेन्ट गेटवे प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनी, प्रबन्ध निर्देशक पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा र कार्यकारी निर्देशक प्रणिता उपाध्यायसमेत ९ जनाविरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो।

उनीहरुविरुद्ध ६ वर्षअघि खरिद गरेको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा नल्याएको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर राज्यलाई २५ करोड नोक्सानी पुर्‍याएको आरोप छ । शर्मा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव पनि हुन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपसचिव तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख तथा हाल उद्योग मन्त्रालयका सचिव मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेललाई पनि प्रतिवादी बनाइएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध पनि अभियोग दायर भएको छ ।

शर्मा, उपाध्याय, पौडेल, बुढा, पोखरेल, गायक र मरासिनीविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो माग गरिएको छ । यस्तै श्रेष्ठविरुद्ध १७ लाख ९९ हजार ७ सय र वलीविरुद्ध ८९ लाख ७७ हजार ३१७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्